मलेसियामा बन्धक बनाइएका १९ नेपालीको उद्धार गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं । मलेसियामा बन्धक बनाइएका १९ जना नेपालीको उद्धार गर्न सरकारले पहल थालेको छ ।

वैदेशिक रोजगारको सिलसिलामा मलेसिया पुगेका नेपाली विगत ८ दिनदेखि बन्धक बनाइएको समाचार सार्वजनिक भएपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले अवस्था बुझ्न र निजहरुलाई उद्धारका लागि पहल लिएको हो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले यो विषय गम्भीर भएकाले तत्काल उद्धारका लागि आवश्यक सबै पहल गर्न मुख्यसचिवमार्फत् निर्देशन दिएको उनको निजी सचिवालयले जनाएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

कक्षा ११ र १२ अनुत्तीर्ण १४ लाख विद्यार्थीले मौका परीक्षा दिन पाउने (सूचना)

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले ११ र १२ का २१ वर्ष पुराना परीक्षार्थीका लागि मौका परीक्षाको व्यवस्था गर्ने भएको छ । बोर्डको यो व्यवस्था अनुसार बोर्डबाट सम्बन्धन लिएर सञ्चालित शैक्षिक संस्थामा यसअघि अध्ययन गरेका तर परीक्षामा अनुत्तीर्ण वा अनुपस्थित भएका जतिसुकै पुराना विद्यार्थीले पनि मौका परीक्षामा बस्न पाउने भएका छन् ।

प्रतिकृया दिनुहॊस