घरको धारामा लडेर महिलाको मृत्यु

काठमाडाैँ । भक्तपुरमा घर बाहिरको बराण्डामा रहेको धारामा लडेर एकजनाको मृत्यु भएको छ ।

भक्तपुरको मध्यपुर थिमि नगरपालिका वडा नं. ९ बोडे निलबाराही बस्ने सुमिता पोख्रेलको ३ तले घरको भुई तलामा डेराकोठा गरी बस्ने ललितपुर गोदावरी नगरपालिका वडा नं. १४ बाँडेगाँउ घर भएका वर्ष ३६ की सृजना महर्जनको मृत्यु भएको हो ।

घर बाहिरको बराण्डामा रहेको धारामा लडेर घाइते भएपश्चात अस्पताल पुर्‍याइएकी उनको दिउँसो मृत्यु भएको हो । लडेपछि उनलाई उपचारको लागि कोरियन अस्पताल ठिमी लगिएको थियो । तर, उपचारकै क्रममा उनको मृत्यू भएको भक्तपुर प्रहरी परिसले जनाएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री