बाबुराम भट्टराईको चेतावनी- कांग्रेस र कम्युनिस्टले राप्रपा बोक्दाको दुष्परिणाम नबिर्सौं 

काठमाडाैँ । पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले सत्ताका लागि गठबन्धन गर्दा राष्ट्रिय प्रजातन्त्र पार्टीलाई महत्व दिन नहुने बताएका छन् । उनले सरकारको अंकगणितका निम्ति संघीय लोकतान्त्रिक गणतन्त्र विरोधी शक्तिसँग घाँटी जोड्दा संविधान र व्यवस्था नै धरापमा पर्न सक्ने चेतावनीसमेत दिएका छन् ।

गठबन्धन गर्दा लक्ष्मण रेखा पालना नगरिए ठूलो दीर्घकालीन क्षति हुन सक्ने भन्दै भट्टराईले सजग गराएका छन् । उनले २०५१ सालपछि कांग्रेस र कम्युनिष्टले पालैपालो राप्रपा बोक्दाको दुष्परिणाम नबिर्सन आग्रह पनि गरेका छन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री