दुई वटा हेलिकोप्टर ठोकिँदा अस्ट्रेलियामा चार जनाको मृत्यु

एजेन्सी । अस्ट्रेलियाको दक्षिण बन्दरगाहको गोल्ड कोस्टमा आकाशमा दुई वटा हेलिकोप्टर ठोकिँदा चार जनाको ज्यान गएको छ । दुर्घटनामा तीन जना गम्भीर घाइते भएका छन् ।

एउटा हेलिकोप्टर तटबाट केही फिट नजिकैको बालुवामाथि उत्तानो परेको थियो । ‘दुर्घटनाका कारण चार जनाले ज्यान गुमाएका छन् भने तीन जना गम्भीर छन्’, क्विन्सल्यान्डका प्रहरी सेवाका कार्यवाहक निरीक्षक ग्यारी वोरिलले भने ।

त्यस्तै दुर्घटनाग्रस्त हेलिकोप्टरका पङ्खाहरू केही टाढा उछिट्टिएका थिए । दुर्घटना लगत्तै घटनास्थलमा उद्धार टोली र प्रहरी परिचालन गरिएको थियो ।

घटनाबारे अस्ट्रेलियाको यातायात सुरक्षा ब्युरोले अनुसन्धान सुरु गरेको छ । दुर्घटनालाई ब्युरोले मध्य आकाशमा ठोक्काइ’ भनेको छ । यसैबीच, अनुसन्धानकर्ताहरुले दुर्घटनाग्रस्त हेलिकोप्टरको भग्नावशेषको जाँच गरेका छन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

प्रकाश सपुत बने निओ मनी ट्रान्सफरको ब्रान्ड एम्बेसडर

काठमाडौँ । निओ मनी ट्रान्सफरले लोकप्रिय गायक प्रकाश सपुतलाई आफ्नो ब्रान्ड एम्बेसडरको रूपमा नियुक्ति गरेको …

प्रतिकृया दिनुहॊस