काठमाडौँ । गृहमन्त्री रवि लामिछाने जुजु धौ (दही) काटेर श्रीमतीको जन्मदिन मनाएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका मन्त्री लामिछाने मौलिकतालाई आत्मसाथ गर्दै निकिता पौडेलको जन्मदिन मनाएका हुन् ।
निकिताले सामाजिक सञ्जालमा फोटो सार्वजनिक गर्दै रविकै प्रस्तावमा मौलिक ढंगको जन्मोत्सव मनाएका उल्लेख गरेकी छन् । ‘गृहमन्त्री ज्युले नयाँ चलन चलाउने प्रस्ताव राख्नु भो । जन्म दिनमा केक होइन हाम्रै जुजु धौ (दही) काट्ने र मैन बत्ती निभाउने होइन दियो बाल्ने,’ उनले अगाडि लेखेकी छन्, ‘ आज हामीले त्यसै गर्यौँ । एउटा मौलिक ढंगको जन्मोत्सव सम्पन्न भयो। शुभकामना दिनु हुने सबैलाई धेरै धन्यवाद ।’
तपाईंको प्रतिकृया




