विमानस्थल उद्घाटनका लागि पोखरामा सार्वजनिक बिदा

काठमाडाैँ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन आइतबार हुँदै छ । विमानस्थल उद्घाटनका लागि पोखरा महानगरले सार्वजनिक बिदा दिएको छ ।

मेयर धनराज आचार्यले विमानस्थल पोखराको गौरव भएकोले उद्घाटनलाई भव्य बनाउन बिदा दिएको बताए । एक सूचना जारी गरी महानगरले आइतबार महानगर मातहतका सबै कार्यालय र शैक्षिक संस्था बन्द हुने जानकारी गराएको हो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री