एमाले बागमती प्रदेश संसदीय दलको नेतामा थपलिया सर्वसम्मत

काठमाडाैं । नेकपा एमाले बागमती प्रदेश संसदीय दलको नेतामा जगन्नाथ थपलिया (जे.एन) चयन भएका छन् । एमाले संसदीय दलको कार्यालय हेटौंडामा बिहीबार बसेको संसदीय दलको बैठकले पार्टीका केन्द्रीय सदस्यसमेत रहेका थपलियालाई सर्वसम्मत दलको नेतामा चयन गरेको हो ।

गत मंसिर ४ मा भएको निर्वाचनमा थपलिया चितवन क्षेत्र नम्बर १ (क) बाट प्रदेश सभा सदस्यमा निर्वाचित भएका थिए । बागमतीमा प्रदेशसभामा एमालेबाट २७ सांसद रहेका छन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

इलाम-२ : सुहाङको मत १४ हजार नाघ्यो, मुढाले कटायो ८ हजार

काठमाडौं । इलाम-२ को उपनिर्वाचनको जारी मतगणनामा एमाले उम्मेदवार सुहाङ नेम्वाङको अग्रता कायमै छ । …

प्रतिकृया दिनुहॊस