नेपालकै सर्वाधिक धनराशी भएको रियालीटी शो हुँदै

काठमाडौं । नेपालकै सर्वाधिक धनराशी भएको रियालिटी शो हुने भएको छ । इन्ट्रा नेसनल वेलफेयर एन्ड सपोर्ट फाउन्डेसन अफ अमेरिकाको आयोजनामा ‘मेरो भ्वाइस युनिभर्स’ रे ‘मेरो डान्स युनिभर्स’ हुने भएको हो ।

जसमा विश्वभर छरिएर रहेका १६ वर्षमाथिका नेपाली भाषीहरूले सहभागिता जनाउन पाउने छन् । मेरो भ्वाइस युनिभर्सका विजेताले एक करोड रूपैयाँ पुरस्कार पाउने भएका छन् । जसमा फस्ट रनरअपले ३० लाख रूपैयाँ र सेकेन्ड रनरअपले २० लाख रूपैयाँ पुरस्कार पाउने आयोजकले जनाएको छ ।

त्यस्तै, मेरो डान्स युनिभर्सका विजेताले एक करोड रूपैयाँ पुरस्कार पाउने छन् । यो शोको फर्स्ट रनरअपले ३० लाख र सेकेन्ड रनरअपले २० लाख पुरस्कार पाउन आयोजकले जनाएको छ । जनवरी १ बाट प्रतिस्पर्धीलाई विश्वका विभिन्न स्थानमा अडिसन गरिने जनाइएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री