यस्तो छ आजको तरकारीको मूल्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार बिकास समितिका अनुसार बुधबार रातो आलु ४९ रुपैयाँ प्रतिकेजी पर्दछ भने गोलभेँडा ठूलो ५५ रुपैयाँ प्रतिकेजी रहेको छ । यो कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले दिएको औसत मूल्य हो ।

यस्तै कन्य च्याउ प्रतिकेजी १४६ रुपैयाँ रहेको छ भने डल्ले च्याउ ३६० रुपैयाँ रहेको छ । यता, ब्रोकाउली ५६ रुपैयाँ ६७ पैसा, रातो बन्दा ७६ रुपैयाँ ६७ पैसा, तोरी साग ३५ रुपैयाँ, गान्टे मुला ५६ रुपैयाँ ६७ पैसा रहेको छ ।

यस्तैगरी तामा ९६ रुपैयाँ ६७ पैसा प्रतिकेजीमा पाइन्छ । राजमा घिउ सिमी ११० रुपैयाँ, घिरौला ९५ रुपैयाँ, तिते करेला ११५ रुपैयाँ, प्याज सुकेको ४९ रुपैयाँ ३३ पैसा, भिण्डी ११० रूपैयाँ, नेपाली सुकेको लसुन ११० रुपैयाँ, हरियो धनिया ५० रुपैयाँ र कागती १०० रुपैयाँ प्रतिकेजी रहेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सुनचाँदीकै मूल्यले कायम गर्‍यो नयाँ कीर्तिमान

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य बढ्ने क्रम निरन्तर जारी छ । मंगलबार सुनको मूल्य …

प्रतिकृया दिनुहॊस