सुनको मूल्यमा वृद्धि, तोलामा कति पुग्यो ?

काठमाडाैँ । नेपाली बजारमा बुधबार सुनको मूल्यमा सामान्य वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन तोलामा १ लाख १ हजार १०० रुपैयाँमा कारोबार भएको हो ।

यसअघ मंगलबार सुन तोलामा १ लाख ७ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै आज तेजाबी सुन तोलामा १ लाख ६ सय रुपैयाँमा कारोबार हुँदा चाँदी १४ सय रुपैयाँमा कारोबार भएको छ। यसअघि मंगलबार चाँदीको तोलामा १३९० रुपैयाँ कायम थियो ।

 

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री