सूर्यज्योति लाइफ इन्स्योरेन्सको अध्यक्षमा केशव प्रसाद भट्टराई नियुक्त

काठमाडाैं ।सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लि. तथा ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लि. एकआपसमा गाभिई सूर्यज्योति लाइफ बनेसँगै कम्पनीको अध्यक्षमा केशव प्रसाद भट्टराई नियुक्त भएका छन् ।

यही पुस ७ मा बसेको सञ्चालक समिति बैठकले भट्टराईलाई अध्यक्ष नियुक्त गरेको हो । उनी साबिक सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लि. को सञ्चालक समितिका अध्यक्ष थिए ।

भट्टराईलाई नै कम्पनीको अध्यक्ष पदमा चयन गर्ने सर्वसम्मत निर्णय भएको कम्पनीले जनाएको छ । सोही दिन उनले नेपाल बीमा प्राधिकरणका अध्यक्ष श्री सूर्य प्रसाद सिलवालज्यू समक्ष पद तथा गोपनियताको शपथ लिएको कम्पनीले जनाएको छ ।

तत्पश्चात् सोही दिन अपराह्न बसेको सञ्चालक समितिको ३३४औँ बैठकमा अध्यक्ष भट्टराईले सञ्चालकहरु नन्द किशोर शर्मा, हेमन्त नाहटा, विवेक झा, जयन्त कुमार अग्रवाल एवं प्रिया तायललाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका थिए ।

कम्पनीको सञ्चालक समितिको सल्लाहकारमा आकाश गोल्छा नियुक्त भएको पनि कम्पनीले जनाएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री