काठमाडौँ । काठमाडौँ महानगरका मेयर बालेन शाहले राजा फर्काउछु भन्ने, राजा चाहिन्न भन्ने र राजा मार्छु भन्ने तिनवटै सरकारमा गएको व्यंग्य गरेका छन् । साथै बालेनले हामी प्रजा सधै सास्तीमा रहेको बताएका छन् ।
सामाजिक सञ्जालमा व्यंग्य गर्दै बालेनले भनेका छन्- राजा फर्काउछु भन्ने, राजा चाहिन्न भन्ने र राजा मार्छु भन्ने तीनटै सरकारमा । हामी प्रजा सधै सास्तीमा ।
बालेनले यस अघि आइतबारनै प्रचण्ड बालकोट पुगेपपछि ओलीसँग प्रचण्डको तस्बीर सेयर गर्दै देश के हो, व्यापार हो ? खेल हो ? भन्दै प्रश्न गरेका थिए ।
तपाईंको प्रतिकृया



