बालकोटामा ४ दलको बैठक सुरु, सरकार बनाउन बहुमत पुग्यो

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली निवास भक्तपुरस्थित बालकोटमा चार पक्षीय छलफल सुरु भएको छ । राप्रपा नेपालका अध्यक्ष राजेन्द्र लिङ्देन एमाले अध्यक्षसँग वार्ता गरेर निस्किएका छन् ।

बाँकी एमाले अध्यक्ष ओली, इश्वर पोखरेल लगायतका नेताहरु छन् । माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र जनता समाजवादी पार्टी छलफलमा छन् । यी चार दल मिल्दा संघीय सरकार बन्छ ।

प्रतिनिधिसभामा एमालेको ७८, माओवादीको ३२, रास्वपाको २०, राप्रपा १४ र जसपाको १२ सिट छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री