सेयर बजार घट्यो

काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से परिसूचकले ओरालो लागेको छ । बिहीबार नेप्से परिसूचक १३.२९ अंकले ओरालो लागी १८५३.९३ विन्दुमा पुगेर रोकिएको छ ।

बुधबार पनि सेयर बजार ५.८९ अंकले ओरालो लागेको थियो । आज २४७ कम्पनीको कारोबारमा ३० लाख १५ हजार ६०८ कित्ता सेयर किनबेच भएको र आज एक अर्ब ८ करोड ३९ लाखभन्दा बढीको सेयर किनबेच भएको छ ।

यस्तै, नेपाल दूरसञ्चार कम्पनीको सेयर कारोबार सर्वाधिक धेरै भएको छ । सो कम्पनीको १४ करोडभन्दा बढीको सेयर बिक्री भएको छ । एनआइसी एसिया बैंकको ५ करोडभन्दा बढीको कारोबार भएको छ ।

यता, सृजनशील लघुवित्त वित्तीय संस्था र धौलागिरी लघुवित्त वित्तीय संस्थाको १० प्रतिशतले मूल्य वृद्धि भएको छ ।

आज १३ वटा उपसूचकहरुमध्ये तीन कम्पनीको मूल्य वृद्धि भएको छ । सबैभन्दा धेरै अन्य सूचकको २ प्रतिशतले वृद्धि भएको छ । बाँकी सबै उपसूचकहरु राताम्मै भएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

मंगलबार कति छ सुनचाँदीको मूल्य ?

नेपाली बजारमा पछिल्ला महिनायता सुनको मूल्यले नयाँ नयाँ कीर्तिमान बनाउँदै आएको छ ।

प्रतिकृया दिनुहॊस