यी २६ सांसदले लिँदैछन् मातृभाषामा शपथ (सूची)

काठमाडौँ । प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरूलाई आज शपथग्रहण गराइने भएको छ । संघीय संसद् सचिवालयले मंसिर ४ को निर्वाचनबाट निर्वाचित सांसदहरूलाई आज सपथग्रहण गराउने भएको हो ।

संघीय संसद् सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेका अनुसार आज दिउँसो १ बजे सपथग्रहण गराइनेछ । नवनिर्वाचित २७५ सांसदमध्ये ज्येष्ठ सदस्य पशुपति शमशेर राणालाई राष्ट्रपति विद्यादेवी भण्डारीले हिजो शपथ गराएकी थिइन् । उनै ज्येष्ठ सदस्य राणाले अन्य सदस्यहरूलाई आज पद तथा गोपनीयताको शपथ गराउने छन् ।

यसअघि, आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीले सरकार गठनका लागि आह्वान गरेकी थिइन् । संविधानको धारा ७६ (२) अनुसार पुस १० गतेभित्र सरकार गठनका लागि आह्वान गरिएको छ ।

यसैबीच २६ जना नवनिर्वाचित सांसदहरूले मातृभाषामा शपथग्रहण गर्ने भएका छन् । शपथग्रहण समारोहका लागि उनीहरूले यसअघि नै आफूले शपथ ग्रहण गर्न चाहेको मातृभाषा उल्लेख गराएका थिए ।

कसले कुन भाषामा लिँदैछ शपथ ?

सराज अहमद फारुकी : उर्दु भाषा

हितबहादुर तामाङ : तामाङ भाषा

प्रदीप यादव : भोजपुरी भाषा

रुपा सोसी चौधरी : थारु भाषा

दुर्गा राई : कोइ/कोयू भाषा

रामसहाय प्रसाद यादव : भोजपुरी भाषा

रन्जु कुमारी झा : मैथली भाषा

कान्तिका सेजुवाल : नेपाली खस भाषा

अरुण कुमार चौधरी : थारु भाषा

गंगाराम चौधरी डगौरा : थारु भाषा

लालवीर चौधरी : थारु भाषा

विनिता कुमारी सिंह : मधेसी भाषा

चन्द्रकान्त राउत : मधेसी भाषा

अनिता देवी : मधेसी भाषा

सोनु मुर्मु : सन्याली भाषा

सुमना श्रेष्ठ : नेपाल भाषा

मनिष झा : मैथली भाषा

लक्ष्मी तिवारी : अवधि भाषा

अशोक कुमार चौधरी : थारु भाषा

मिना तामाङ : तामाङ भाषा

असिम साह : नेपाली/मुस्लिम भाषा

सूर्यमान तामाङ दोङ : तामाङ भाषा

महिन्द्रराय यादव : हिन्दी भाषा

उमरादेवी यादव : भोजपुरी भाषा

किरण कुमार साह : संस्कृत भाषा

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

हेलिकप्टर दुर्घटनामा इरानी राष्ट्रपति र विदेशमन्त्रीसहित ९ जनाको मृत्यु

काठमाडौं । हेलिकप्टर दुर्घटनामा इरानी राष्ट्रपति र विदेशमन्त्रीसहित ९ जनाको मृत्यु भएको छ । आइतबार …

प्रतिकृया दिनुहॊस