काठमाडौंमा मेलम्चीको पानी वितरण सुरु

काठमाडौं। मेलम्चीको पानी वितरण सुरु भएको छ।

तेस्रो पटक उपत्यकाका धारामा खानेपानी मन्त्री उमाकान्त चौधरीले शुक्रबार बिहानदेखि पानी वितरण सुरु गरे।

गत असार १७ गतेबाट मेलम्चीको पानी वितरण बन्द भएको थियो। मन्त्री चौधरीले शुक्रवार बिहान महाँकालस्थित काठमाडौं उपत्यका खानेपानी लिमिटेडको वितरण केन्द्रको साँचो खोलेर पानी वितरण गरे।

मेलम्ची खानेपानी आयोजनाका कार्यकारी निर्देशक कमलराज श्रेष्ठका अनुसार सुन्दरीजल प्रशोधन केन्द्रबाट बिहीबार काठमाडौं भण्डार केन्द्रका लागि पानी छोडिएको थियो। यस पटक छ महिना पानी वितरण गरिने छ।
तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री