विश्वकप : क्वार्टरफाइनलमा ब्राजिल र क्रोएसिया तथा अर्जेन्टिना र नेदरल्याड्स खेल्दै

काठमाडाै ।  विश्वकप फुटबल अन्तरगत शुक्रबारदेखि क्वार्टर फाइनलका खेल सुरु हुँदैछन् । शुक्रबार राति पौने ९ बजे ब्राजिल र क्रोएसियाबीच प्रतिस्पर्धा हुँदैछ । नकआउट चरणमा ब्राजिल दक्षिण कोरियालाई ४–१ गोल अन्तरले हराउँदै क्वार्टरफाइनलमा प्रवेश गरेको थियो । क्रोएसियाले जापानलाई पेनाल्टी सुटआउटमा हराउँदै अघिल्लो यात्रा तय गरेको थियो । क्रोएसिया साविक उपविजेता हो । ब्राजिल भने कीर्तिमानी छैटौं पटक उपाधि जित्ने योजनामा रहेकाे छ । लुका मोड्रिडकाले क्रोएसियाको कप्तानी गर्नेछन् । थिअगो सिल्भाले ब्राजिलको कप्तानी सम्हाल्नेछन् ।

अर्जेन्टिना र नेदरल्याड्सबीचको खेल राति पौने १ बजेदेखि हुनेछ । अर्जेन्टिनाले अस्ट्रेलियालाई २–१ र नेदरल्याड्सले अमेरिकालाई ३–१ ले पराजित गर्दै क्वार्टफाइनलमा एकअर्कालाई प्रतिद्वन्द्वी पाएका हुन् । यी दुई टोलीबीच खेल सन् २०१४ को सेमिफाइनलमा भएको थियो । निर्धारित र अतिरिक्त समयमा बराबरी भएपछि खेल पेनाल्टी सुटआउटमा गएको थियो । जहाँ अर्जेन्टिना विजयी भएको थियो ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

नेपालको लगातार तेस्रो हार, वेस्ट इन्डिजलाई एक खेल अगावै सिरिज उपाधि

काठमाडौँ । नेपाल वेस्ट इन्डिज ए सँग लगातार तेस्रो खेलमा पराजित भएको छ । विहिबार …

प्रतिकृया दिनुहॊस