एनआईसी एशिया बैंकले ऋणीको गाडी बिक्री गरेर ऋण असुल गर्दै

काठमाडौं । एनआईसी एशिया बैंकले धितोमा रहेको सवारी साधन लिलाममा बिक्री गर्ने वताएकाे छ । बैंकबाट विभिन्न समयमा ३ जना ऋणीले लिएको रकम चुक्ता नगरेपछि धितोमा राखिएको सम्पत्ति बिक्री गर्ने भएको हो । ऋणीले लिएको कर्जा बैंकसँगको सम्झौताको शर्त बमोजिम नबुझाएका कारण कर्जाको सुरक्षण बापत धितो लेखिदिएको चल अचल सम्पति जे जस्तो अवस्था र परिमाणमा छ, सोही अवस्था र परिमाणमा बिक्री गर्ने भएको वताएकाे छ । बैंकले कर्जामा राखिएको धितो (सवारी) बिक्री गरेर आफ्नो रकम असुल गर्ने भएको हो ।

ती सवारी साधन गोप्य शिलबन्दी बोलपत्र मार्फत खरिद गरी लिन इच्छुक ब्यक्ति, फर्म, कम्पनी वा अन्य संगठित संघ संस्थाले १५ दिनभित्र आवेदन पेश गर्न बैंकले आग्रह गरेको छ । लिलाम प्रक्रियाबाट धितोमा रहेको सवारी साधन बिक्री नभएमा बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३, बैंक तथा वित्तीय संस्थाको ऋण असुली ऐन, २०५८ सो को नियमावली, २०५९ तथा प्रचलित कानून बमोजिम ऋणी तथा जमानीकर्ताको अन्य चल अचल जायजेथा, श्रीसम्पत्तिबाट समेत बाँकी लेना रकम असुल उपर गरिने बैंककाे भनाइ छ । साथै ऋणी र जमानकर्ता सबैलाई कर्जा सूचना केन्द्रमा कालोसूचीको लागि सिफारिस गरिने बताएको छ ।

साे बैंकले काठमाडौं महानगरपालिका १४ स्थित रहेको अर्याल फेन्सी स्टोरका सञ्चालक ऋषि प्रसाद अर्यालले धितोमा राखेको डट्सुन रेडी गो मोडलको बा २० च ७५८ नम्बरको सवारी र अर्याल फेन्सी स्टोरको स्वामित्वमा रहेको मालसामान तथा आय प्राप्ती उपर हाइपोथिकेशन बिक्री गर्ने भएकाे छ । ऋणी मुगुमान तामाङले लिएको कर्जाको धितो हुण्डाई इओएन डीलाइटको बा २ ज ३१६५ नम्बरको सवारी सधान र वेलफेयर फर्माका प्रोप्राईटर तथा जमानीकर्ता टिकेन्द्र ओझाको हुण्डाइ क्रेटा १.६ मोडलको बा १४ च ७३७६ नम्बरको सवारी र वेलफेयर फर्माको स्वामित्वमा रहेको मालसामान तथा आय प्राप्ती हाइपोथिकेशन बिक्रीमा राखेको हो ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

ग्लोबल आइएमई बैंकको प्लास्टिक खपत न्यूनीकरणमा प्रतिबद्धता, प्लास्टिकको खपत कम गरिने

काठमाडाैं । ग्लोबल आइएमई बैंक लिमिटेडले ‘प्ल्यानेट भर्सेस प्लास्टिक’ (प्लास्टिक विरुद्ध पृथ्वी) अभियानमा ऐक्यबद्धता जनाउँदै …

प्रतिकृया दिनुहॊस