‘रेशम फिलिली’ को सिक्वेल बन्ने, ७ वर्षपछि विनय र मेनुका जाेडी बाँध्दै

काठमाडौं । २०७२ सालको हिट फिल्म ‘रेशम फिलिली’को दोस्रो श्रृंखला निर्माण हुने भएको छ । नेपाली र भारतीय कम्पनीको संयुक्त लगानीमा बन्ने फिल्मको छायांकन यसै वर्षभित्र सुरु गर्ने तयारीमा रहेकाे छ । अभिनेता विनय श्रेष्ठले फिल्मको पटकथा लेखन भइरहेको जानकारी दिए । फिल्मको प्रमुख भूमिकामा अघिल्लो शृंखलाका प्रमुख कलाकार हुनेछन् । विनयसहित मेनुका प्रधान, कर्मा, कामेश्वर चौरसिया, शिशिर बाङ्देल र साम्तेन भुटिया फिल्मका कलाकार हुन् । माधव वाग्लेको निर्माण रहेको फिल्म विनयको कम्पनी भी मोक्सन पिक्चर्सको ब्यानरमा निर्माण हुन लागेको हो ।

फिल्मको गीत ‘पिरतीको छाता ओढाउँला’ ब्लकबस्टर गीत थियो । उक्त गीत हिट भएपछि सिक्वेलमा पनि त्यस्तै हिट गीत खोज्ने दबाब निर्मातामाथि छ । फिल्म रिलिजको भोलिपल्ट आएको विनाशकारी भूकम्पले फिल्मको व्यापारलाई प्रभावित तुल्याए पनि ओपनिङ राम्राे थियो ।

 

 

बारेमा news

यॊ पनि हेर्नुहॊस

बलिउड अभिनेत्री सनी लियोनी अनलाइन ठगीको सिकार

बलिउड अभिनेत्री सनी लियोनी जहिल्यै आफ्नो हटनेसका कारण चर्चामा आउँछिन् । तर यसपटक उनी हटनेस …

प्रतिकृया दिनुहॊस