बीग डिजिटल स्टोरमा स्मार्ट क्युआर स्क्यानबाट भुक्तानी गर्दा ५० प्रतिशतसम्मको छुट

काठमाडौँ । बीग डिजिटल स्टोरको साइबर विक अफरमा स्मार्ट चोइस टेक्नोलोजिज (एससिटि) को स्मार्ट क्युआर स्क्यान गरी भुक्तानी गर्दा भारी छुट प्राप्त गर्न सकिने भएको छ।

यहीँ मङ्सिर १३ गतेबाट सुरु भएको साइबर विक नामक अफरमा ग्राहकहरूले बीग डिजिटल स्टोरमा ५० प्रतिशतसम्मको छुटमा ल्यापटप, मोबाइल र अन्य सामानहरू खरिद गर्न सकिने कम्पनीले जनाएको छ।

साथै, आइएमई पे एपबाट भुक्तानी गर्दा ग्राहकहरूले थप १० प्रतिशत छुट, एक हजार रुपैयाँसम्म मात्र पनि प्राप्त गर्न सकिने छ। ग्राहकहरूले सो अफर बीग डिजिटलको स्टोरहरूमा मात्र पाउन सकिने कम्पनीले जनाएको छ।

आइएमई पेको बारेमा :
नेपालको पहिलो भुक्तानी सेवा प्रदायक आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवर्द्धित आइएमई पे मोबाइल वालेट एप एक विद्युतीय भुक्तानी सेवा प्रदायक हो। आइएमई पे आइएमई ग्रुप अन्तर्गतको डिजिटल वित्तीय सेवा प्रदायक अन्तर्गतको एक उत्पादन हो।

नेपाल राष्ट्र बैङ्कको भुक्तानी तथा फर्छ्यौट वि नियमावली–२०७२ बमोजिम आइएमई डिजिटलले दूरसञ्चार सञ्जालको माध्यमबाट मोबाइल वालेट सेवा प्रदान गर्ने पहिलो कम्पनी हो।

आइएमई पे मोबाइल वालेटमार्फत सेवाग्राही आफैले अथवा एजेन्टहरूको मार्फत विभिन्न किसिमको भुक्तानी कार्यहरू गर्न सक्नेछन्। यसले व्यक्ति–व्यक्ति बीचमा हुने सामान्य रकम ट्रान्स्फर गर्ने सुविधा देखि लिएर विभिन्न अनलाइन तथा स्थलगत स्टोरहरूमा क्युआर स्कान गरी भुक्तान गर्ने, मोबाइल रिचार्ज गर्ने, र विभिन्न घरायसी तथा कार्यालयका बिलहरू भुक्तान गर्न मिल्ने सेवा प्रदान गर्दै आइरहेको छ।

यस मोबाइल वालेटमा ब्याज तथा विभिन्न क्यासब्याकहरूको पनि सुविधा उपलब्ध छ। आइएमई डिजिटल सोलुसन लिमिटेडले बैङ्कको सुविधाबाट वञ्चित नेपाली तथा न्यून बैङ्किङ सुविधा प्राप्त सम्पूर्ण सर्वसाधारण जनतालाई वित्तीय सेवाहरूको पहुँच उपलब्ध गराएर नेपालको वित्तीय समावेशीकरणमा योगदान पुर्‍याउने लक्ष्य लिएको छ।

२० लाखभन्दा बढी ग्राहकहरूलाई सिधै मोबाइल वालेट एप तथा एजेन्टहरू मार्फत आइएमई पेले विद्युतीय भुक्तानी सेवा प्रदान गर्न सफल छ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

लाइफ कम्प्युटरले छैटौँ सिजनको ‘वेबसाइट कम्पिटिसन’ गर्दै

काठमाडौं । लाइफ कम्प्युटरले छैटौं सिजनको ‘वेबसाइट कम्पिटिसन’ गर्ने भएको छ । २०७४ सालदेखि एसईई …

प्रतिकृया दिनुहॊस