नेपाल इन्भेष्टमेन्ट बैंकले पायो ‘बैंक अफ द इयर २०२२’ अवार्ड

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेड फाइनान्सियल टाइम्स ‘बैंक अफ द इयर २०२२’ अवार्ड पाएको छ । नेपाल इन्भेष्टमेण्ट बैंक सन् २०२२ को लागि देशको ‘उत्कृष्ट बैंक’ छनोट भएको छ ।

एनआईबीएलले विगत २ दशकमा बैंकिङ उद्योगको प्रतिष्ठित अवार्ड जितेको यो छैटौँपटक हो । जुन नेपालमा सबैभन्दा धेरै बैंकर अवार्ड जितेको हो । यो अवार्ड जित्नु एनआईबीएलले नेपालको वित्तीय क्षेत्र र समाजमा गरेको महत्वपूर्ण योगदानको प्रमाण भएको जनाएको छ ।

बैंकका अध्यक्ष पृथ्वीबहादुर पाण्डे र प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डेले डिसेम्बर १, २०२२ बिहीबार बेलायतको लण्डनमा आयोजित अवार्ड समारोहमा बैंकको तर्फबाट अवार्ड ग्रहण गरे ।

फाइनान्सियल टाइम्स प्रकाशनसँग सम्बन्धित बैंकर पत्रिकाले यो पुरस्कार प्रदान गरेको हो। एनआईबीएलले ८८ शाखा, १३३ एटीएम, २२ एक्सटेन्सन काउन्टर, १० राजस्व संकलन काउन्टर र ६० ग्रामीण शाखारहित बैंकिङ काउन्टरबाट १० लाखभन्दा बढी ग्राहकहरूलाई सेवा दिँदै आएको छ ।

उदाहरणीय सेवा र व्यवसायका लागि छैटौँपटक ‘बैंक अफ द इयर’ अवार्ड प्राप्त गर्ने बैंकले अन्तर्राष्ट्रिय प्रकाशन युरोमनीबाट ‘बेस्ट बैंक २०१८’ र ‘बेस्ट बैंक २०२१’ को लागि युरोमनी अवार्डहरू पनि प्राप्त गरेको छ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

लाइफ कम्प्युटरले छैटौँ सिजनको ‘वेबसाइट कम्पिटिसन’ गर्दै

काठमाडौं । लाइफ कम्प्युटरले छैटौं सिजनको ‘वेबसाइट कम्पिटिसन’ गर्ने भएको छ । २०७४ सालदेखि एसईई …

प्रतिकृया दिनुहॊस