प्रभु बैंकको ८ प्रतिशत लाभांश राष्ट्र बैंकद्धारा स्वीकृत

काठमाडाैं । नेपाल राष्ट्र बैंकले प्रभु बैंकले प्रस्ताव गरेको लाभांश स्वीकृत गरेको छ।

प्रभु बैंकको सञ्चालक समितिको गत मंसिर १ गते बसेको बैठकले आर्थिक वर्ष २०७८–७९का लागि हाल कायम चुक्तापुँजी १२ अर्ब ७० करोड ८७ लाख ४ हजार १७५ रुपैयाँको कुल ८ प्रतिशत लाभांश प्रस्ताव गरेको थियो।

जसमा ६.५ प्रतिशतले हुन आउने ८२ करोड ६० लाख ६५ हजार ७७१.३८ रुपैयाँबराबरको बोसन सेयर र १.५ प्रतिशतले हुन आउने १९ करोड ६ लाख ३० हजार ५६२.६३ रुपैयाँबराबरको नगद लाभांश (बोनस सेयर र नगद लाभांशमा लाग्ने करसहित) छन्।

प्रस्तावित लाभांश प्रभु बैंकले स्वीकृतिका लागि राष्ट्र बैंकमा पेस गरेको थियो। राष्ट्र बैंकले हिजो (सोमबार) प्रभु बैंकको लाभांश स्वीकृत गरेको हो। अब प्रभु बैंकले आफ्नो वार्षिक साधारणसभाबाट लाभांश पारित गरी सेयरधनीहरुलाई वितरण गर्नेछ।

facebook sharing button
twitter sharing button
तपाईंको प्रतिकृया

लेखकबाट थप