हिमालयन रि इन्स्योरेन्सको डेपुटी सिईओमा उपासना पौडेल

काठमाडाैं । हिमालयन रि इन्स्योरेन्स कम्पनीले नायब प्रमुख कार्यकारी अधिकृत (डेपुटी सिईओ) मा उपासना पौडेललाई नियुक्त भएकी छिन् ।

करिब चार वर्ष निर्जीवन बीमा क्षेत्रमा काम गरेकी पौडेल पुनर्बीमा क्षेत्रमा प्रवेश गरेकी छिन् । यसअघि उनी युनाईटेड इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्यरत थिइन् ।

२०७८ बैशाखमा कम्पनीको सीईओमा नियुक्त भएकी पौडेल एक कार्यकाल सकिनु अघिनै बाहिरिएकी हुन् ।

विगत एक दशक बढी समयको कार्यानुभव बटुलेकी पौडेलले दिल्ली विश्वविद्यालयको फ्याकल्टी अफ म्यानेजमेन्ट स्टडिज (एफएमएस)बाट एमबिएसम्मको अध्ययन पुरा गरेकी छन्।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री