सामसङले ल्यायो वर्ल्ड कपका लागि ‘एक्सपिरियन्स द एक्साइटमेन्ट’ अफर

काठमाडौं । सामसङले विश्वकप फुटबल सिजन लक्षित ‘एक्सपिरियन्स द एक्साइटमेन्ट’ अफर ल्याएको छ ।

कम्पनीले सामसङका टिभीहरू खरिद गर्दा निःशुल्क इन्स्टलेसन र क्यूएलईडी प्रिमियम यूएचडी टीभी खरिदमा निःशुल्क साउण्डबारसहित ३० प्रतिशतसम्म क्यासब्याक ग्रेन्टी प्रदान गर्ने योजना ल्याएको हो ।

सामसङका ग्राहकले टीभी खरिद गर्दा शून्य प्रतिशत ब्याजदरमा किस्ताबन्दी, डिस्काउन्ट भउचरहरूसहित विभिन्न लोकप्रिय रेस्टुरेन्टहरूमा विभिन्न परिकारको स्वादसँगै फुटबल हेर्न पाउने व्यवस्था गरिएको बताइएको छ ।

यसका साथै ग्राहकहरूले एक्सचेन्जमा उत्कृष्ट मूल्यांकनसमेत प्राप्त गर्न सक्ने बताइएको छ । जसका लागि थप देशभरका विशेष हिम इलेक्ट्रोनिक्सअन्तर्गतका सामसङ प्लाजाहरूद्वारा सुविधा प्रदान गरेको आर्कस्टोर डटमार्फत एक्सचेन्ज गर्नुपर्नेछ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सोमबार पनि ओरालो लाग्यो शेयरबजार

काठमाडौं । साताको दोस्रो दिनको शेयर कारोबारमा बजार परिसूचक नेप्से ५७.९९ अंकले घटेको छ । …

प्रतिकृया दिनुहॊस