हुन्डाईका ईभी खरिद गर्नेलाई नबिल बैंकले १२.९९ प्रतिशतमा ऋण दिने

काठमाडाैं । हुन्डाईको लागि नेपालस्थित आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल र नबिल बैंकबीच सवारीसाधन खरिदका लागि ऋण प्रवाह गर्ने सम्झौता भएको छ। दुई संस्थाबीच ईभी र इन्टरनल कम्बस्टन इन्जिनयुक्त सवारीसाधन खरिद गर्ने ग्राहकलाई ऋण दिने सम्झौता भएको हो।

नबिल बैंकका डेपुटी सीईओ सुजित कुमार शाक्य र लक्ष्मी इन्टरकन्टिनेन्टलका महाप्रबन्धक इन्द्र प्रसाद सापकोटाले समझदारीपत्रमा हस्ताक्षर गरे। सम्झौताअनुसार हुन्डाईका सवारीसाधन खरिद गर्ने ग्राहकले नबिल बैंकबाट १२.९९ प्रतिशत ब्याजदरमा ऋण पाउनेछन्। आवश्यक कागजात पुगेको खण्डमा बै.कले सात वर्षका लागि तीन कार्यदिनभित्र ऋण स्वीकृत गर्नेछ।

विद्युतीय गाडीको हकमा ग्राहकले व्यक्तिगत रुपमा ८० प्रतिशतसम्म र संस्थागत रुपमा ७० प्रतिशतसम्म ऋण पाउनेछन्। त्यस्तै इन्टरनल कम्बस्टन इन्जिनयुक्त सवारीसाधनका हकमा व्यक्तिगत ग्राहकलाई ५० प्रतिशत र संस्थागत ग्राहकलाई ७० प्रतिशत ऋण प्रवाह हुनेछ।

यसका लागि ग्राहकले नबिल बैंकका कुनै पनि शाखा वा हुन्डाईका देशैभरका १७ मध्ये कुनै पनि शोरुममा गएर थप बुझ्न सक्नेछन्।

 

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

नेपाल एसबिआई बैंकको शाखा कार्यालय स्थानान्तरण

काठमाडौं । नेपाल एसबिआई बैंकले सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत आर्थिक सहयोगका साथै दुई शाखा कार्यालय स्थानान्तरण …

प्रतिकृया दिनुहॊस