सामसङको दसैँ अफरमा २६ जनालाई टिभी, १ जनाले जिते कार

सामसङले यसपालिको दसैँमा आफ्नो प्रयोगकर्ताहरुको लागि ल्याएको ‘यो वर्षको दसैँ उपहार डेली टिभी, ड्याम्मै कार’ उपहार योजनाका विजेतालाई पुरस्कार वितरण गरेको छ।

यसअनुसार २६ जनाले ६५ इन्चको टिभी जितेका छन् भने एक जनाले बम्पर उपहारस्वरुप कार पाएका छन्। यो अफर गत महिना अगस्तको २८ गते देखि सेप्टेम्बर ३० सम्म चलेको थियो। सो बम्पर पुरस्कार विजेताले रेनोको क्विड कार पाएको कम्पनीले जनाएको छ।

यस अफरमा भाग लिन र लटरीको हिस्सा बन्न सामसङको ग्राहकहरुले अफर अवधिभर कुनै पनि सामसङको आधिकारिक आउटलेट वा इकमर्स साइटबाट सामसङको कुनै पनि स्मार्टफोन वा ट्याब्लेट खरिद गर्नुपर्ने थियो।

सो अवधिभरि दैनिक विजेताहरु हरेक हप्ता पीएएन नेपालद्वारा सामसङको फेसबुक पेजबाट प्रत्यक्ष प्रसारणमा घोसित गरिएको थियो। अफर ५ सेप्टेम्बरबाट सुरु हुँदै ५ हप्तासम्म भएको थियो।

सामसङ नेपालका निर्देशक प्रणय रत्न स्थापितले सबै भाग्यशाली विजेताहरूलाई बधाई दिए। सामसङले सधैँ ग्राहकको कदर गर्दै उनीहरुको लागि वर्षैभरि केही न केही नयाँ र रोमाञ्चक अफरहरु लिएर आइरहेको उनले बताए ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

२५ अंकले बढ्यो नेप्से, ४ अर्ब १७ करोडको कारोबार

काठमाडौं । मंगलबार नेप्से परिसूचक २५ अंकले बढेको छ । आज नेप्से २५.८८ अंकले बढेर …

प्रतिकृया दिनुहॊस