एनएमबी बैंकले ल्यायो मान्यजन बचत खाता, ९.१३ प्रतिशत ब्याज पाइने

काठमाडाैं । एनएमबी बैंकले एनएमबी मान्यजन बचत खाता ल्याएको छ। बैंकले यसअन्तर्गत पैसा राख्नेलाई सबैभन्दा बढी ब्याज दिने घोषणा गरेको हो। सो खाता विशेष रूपमा ज्येष्ठ नागरिकहरूको आवश्यकताहरूलाई मध्यनजर राखी बनाइएको हो।

९.१३३ प्रतिशत उच्चतम ब्याजदर प्रदान गर्नुका साथै बैंकले ग्राहकहरुलाई प्राथमिकताका आधारमा सेवा तथा घरेलु बैंकिङ सुविधा समेत उपलब्ध गराउने भएको छ।

एनएमबि बैंक विगत २६ वर्षदेखि बैंकिङ्ग सेवा सुविधा प्रदान गर्दै आएको नेपाल राष्ट्र बैंकबाट “क” वर्गको इजाजत पत्र प्राप्त एक अग्रणी वित्तीय संस्था हो। बैंकले हाल देशभर २०१ शाखाहरु, १३८ एटीएमहरु र ११ एक्सटेन्सन काउन्टरहरुमार्फत सेवा प्रदान गर्दै आइरहेको छ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

नेपाल इन्भेष्टमेण्ट मेगा बैंकका ग्राहकलाई ‘हार्ड रक क्याफे’मा छुट

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंकका ग्राहकले ‘हार्ड रक क्याफे’मा छुट पाउने भएका छन् । …

प्रतिकृया दिनुहॊस