अर्घाखाँचीलाई विकासमा नमुना जिल्ला बनाउँछु : उम्मेदवार भुसाल

अर्घाखाँची । निवर्तमान उपसभामुख एवं गठबन्धनको तर्फबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार पुष्पा भुसालले संविधानको रक्षा र अर्घाखाँचीको विकास र समृद्धिको लागि मतदाता आफूलाई विजयी गराउन आतुर रहेको बताइन् ।

कांग्रेस केन्द्रीय सदस्य भुसालले विभिन्न चुनावी सभालाई सम्बोधन गर्दै कृषि उद्यमबाट युवालाई गाउँमै रोजगारीको अवसर, पर्यटन विकासको लागि पूर्वाधार निर्माण गरेर पर्यटन व्यवसायको लागि पूर्वाधार निर्माण गरेर रोजगारीको अवसर सृजना गरिदिने बताइन् ।

टोलैपिच्छेका सडकमा ४ सय भन्दा बढी ट्याक्सी चल्छन् । सडकलाई व्यवस्थित गर्दै क्रमिक रूपमा कालोपत्रे गर्ने, अर्घाखाँची अस्पताललाई स्तरोन्नति र सबै स्वास्थ्य चौकीमा सहज स्वास्थ्य सेवा, प्राविधिक शिक्षा सहित सामुदायिक स्कुलमा अब्बल पढाई, बसाइसराई रोक्ने उपाय खोज्ने भुसालले बताइन् । घरघरमा खानेपानी, सिचाई, सबैका घरमा सहज सञ्चारसेवा हुनेछ । पूर्वाधार विकास गर्दै जिल्लालाई नमुना जिल्ला बनाउने उनको उद्घोष छ ।

जिल्लाका ठुला नौमुरे बहुउद्देश्यीय आयोजनाको काम अघि बढाउने, सालझण्डी–सन्धिखर्क–ढोरपाटन सडक, गच्छे–भालुवाङ, घुम्ती–पाल्पा, रिडी–बल्कोट–तम्घास सडक, सन्धिखर्क–गोरुसिंगे सडकलाई पुरा गर्ने उनको भनाई छ । अर्घाभगवती विमानस्थललाई पुरा गरेर जहाज उडाउने भुसालले बताइन् । बाँदर समस्या समाधान गर्दै कृषि उपजलाई बजारीकरण सहित समग्र जनताको मागलाई सम्बोधन गरेर ५ वर्षभित्र नमुना जिल्ला बनाउने उनले बताइन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

काठमाडौंको प्रदूषणबाट जोगिन मास्क अनिवार्य लगाऔँ : स्वास्थ्य मन्त्रालय

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले काठमाडौँमा वायु प्रदूषण बढेकाले मास्क लगाउन आग्रह गरेको छ …

प्रतिकृया दिनुहॊस