काठमाडौं-५ मा एमालेलाई धक्का, ५० बढी नेता कार्यकर्ता कांग्रेसमा प्रवेश

काठमाडौं । निर्वाचनको मिति नजिकिँदै गर्दा पार्टी प्रवेशले तीव्रता पाएको छ । मंसिर ४ को निर्वाचन आउन केही दिन मात्र बाँकी रहँदा काठमाडौं क्षेत्र नं ५ मा एमालेसहित विभिन्न पार्टीका नेता कार्यकर्ता नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।

बुधवार टोखा नगरपालिकाका विभिन्न वडाबाट एमालेसहित अन्य राजनीतिक दलबाट ५० भन्दा बढी नेता कार्यकर्ताहरू कांग्रेस प्रवेश गरेका हुन् । सो क्रममा गत स्थानीय निर्वाचनमा टोखा नगरपालिका वडा नं २ बाट एमालेका नेता धामेश खत्री समेत नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।

बुधवार नेपाली कांग्रेस केन्द्रीय सदस्य एवं काठमाडौं क्षेत्र नं ५ का प्रतिनिधि सभा उम्मेदवार प्रदीप पौडेल र प्रदेश ख का उम्मेदवार श्याम बहादुर खड्काले उनीहरूलाई स्वागत गरेका हुन् । निर्वाचनका बेला नयाँ पार्टीमा आइ नयाँ पुस्ताका उम्मेदवारलाई मत हाल्न पाउँदा खुसी लागेको उनीहरूले बताएका छन् ।

त्यसैगरी नेता पौडेलले कांग्रेसमा आएका उनीहरूलाई स्वागत गर्दै आगामी दिनमा सबैको मन जितेर काम गर्ने विश्वास व्यक्त गरेका छन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

थलीमा मृत भेटिएका कृष्णकी छोरी बबरमहलबाट पक्राउ, छोरा पनि फर्पिङमा घाइते फेला

काठमाडौं । काठमाडौंको थलीमा मृत भेटिएका व्यक्तिकी छोरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनकी छोरीलाई …

प्रतिकृया दिनुहॊस