मंसिरमा पनि बैंकको ब्याजदर नघट्ने

काठमाडौँ । वाणिज्य बैंकहरुले मंसिर महिनामा पनि ब्याजदर नघटाउने भएका छन् । बैंकर्स संघको बसेको बैठकले यस्तो निर्णय गरेको हो । उनीहरुले हाल कायम रहेको ब्याददरलाई नै मंसिर महिनाका लागि लागु गर्ने निर्णय लिएका हुन् ।

देशको वर्तमान अवस्थामा अर्थतन्त्रका सूचकहरुमा बढोत्तरी नआएको वा स्थिर रहेकोले ब्याजदरसमेत स्थिर राख्नु पर्ने बैंकर्स संघको भनाई छ । पुस महिनामा भने मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षाका आधारमा ब्याजदरमा तलमाथि गर्न सकिने संघको धारणा छ ।

बैंकहरुले भदौसम्म व्यक्तिगत मुद्दती निक्षेपमा ११.०३ प्रतिशत तथा संस्थागत मुद्दती निक्षेपमा ९.०३ र बचतमा न्युनतम ६.०३ देखि अधिकतम ९.०३ प्रतिशत ८.०३ प्रतिशत ब्याज दर कायम गरेका थिए । असोजमा १० प्रतिशतका दरले वृद्धि भएर व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर १२.१३३ प्रतिशत तथा बचतको न्युनतम ७.१३३ र अधिकतम ९.१३३ प्रतिशतसमम पुगेको छ ।

कात्तिकमा निक्षेपको ब्याजदरलाई यथावत राखी कर्जाको ब्याजदर मात्रै बढाएका थिए । तरलता अभावलाई सम्बोधन गर्न राष्ट्र बैंकले रेमिट्यान्स निक्षेपमा साधारण निक्षेपभन्दा मुद्दती तथा बचतमा थप १ प्रतिशत बिन्दुले थप ब्याज दिनुपर्ने व्यवस्था गरेको छ । कतिपय बैंकले भने रेमिट्यान्स मुद्दतीमा १५.१३ प्रतिशतसम्म ब्याजदर दिइरहेका छन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

खातामा स्थायी लेखा नम्बर अद्यावधिक गर्न ग्राहकलाई एनआईसी एसिया बैंकको अनुरोध

काठमाडौँ । एनआईसी एसिया बैंकले ग्राहकलाई आफ्नो खातामा स्थायी लेखा नम्बर (प्यान) अद्यावधिक गर्न अनुरोध …

प्रतिकृया दिनुहॊस