युनाइटेड इन्स्योरेन्सले लाभांश दिने

काठमाडौं । युनाइटेड इन्स्योरेन्स कम्पनी (नेपाल) लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई ५.२६३२ प्रतिशत लाभांश दिने भएको छ ।

कम्पनीको कात्तिक २५ गते सम्पन्न सञ्चालक समितिको बैठकले हाल कायम चुक्तापुँजीको ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२६३२ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको हो ।

उक्त लाभांश नेपाल बीमा प्राधिकरणबाट स्वीकृति भएपश्चात कम्पनीको आगामी साधारणसभाले परित गरेपछि सेयरधनीले प्राप्त गर्नेछन् । कम्पनीको चुक्तापुँजी एक अर्ब दुई करोड ८१ लाख ६० हजार रुपैयाँ छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री