‘नो नट अगेन’ अभियान नरोक्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौँ । सर्वोच्च अदालतले ‘नो नट एगेन’ अभियानलाई रोक नलगाउन अन्तरिम आदेश दिएको छ । यसअघि यो अभियान नरोक्न सर्वोच्चले अल्पकालिलन अन्तरिम आदेश दिएको थियो । उक्त आदेशलाई नै निरन्तरता दिने गरी सर्वोच्चले यो मुद्दामा बिहीबार अन्तरिम आदेश दिएको हो ।

न्यायाधीशहरु सपना प्रधान मल्ल र सुष्मालता माथेमाको संयुक्त इजलाशले यस्तो आदेश दिएको हो । यसअघि २० कात्तीकमा न्यायाधीशहरु अरिप्रसाद फुयालको इजलासले अल्पकालीन अन्तरिम आदेश दिएको थियो ।

सामाजिक सञ्जाल फेसबुकमा पुराना र परीक्षत भइसकेका नेताहरुलाई आगामी चुनावबाट रोक्न आह्वान गर्दै चलाइएको यो अभियानका फेसबुक पेज र ग्रुपहरु बन्द गर्नुपर्ने भन्दै निर्वाचन आयोगले अभियानका पेज र ग्रुप बन्द गर्न प्रहरीलाई पत्राचार गरेको थियो ।

आयोगको उक्त कदम विचार तथा स्वतन्त्राको हकविरुद्ध भएको भन्दै अधिवक्ता अनिल आचार्यले सर्वोच्चमा रित दायर गरेका थिए । उक्त मुद्दामा बिहीबार थप सुनुवाइ गर्दै अदालतले यस्ताे आदेश दिएको हाे ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सन्दीप लामिछानेलाई अमेरिकाले दिएन भिसा

काठमाडौं – अमेरिकी दूतावासले नेपाली क्रिकेटर सन्दीप लामिछानेलाई भिसा दिन अस्वीकार गरेको छ । सन्दीपले …

प्रतिकृया दिनुहॊस