नेपाल चेम्बर अफ कमर्सकाे आन्दाेलन स्थगित

काठमाडाै ।  नेपाल चेम्बर अफ कमर्सले बैंक तथा वित्तिय संस्थाले बढाएको ब्याजदर विरुद्धको आन्दोलन निर्वाचन सम्मका लागि स्थगित गर्न आग्रह गरेको छ । जिल्ला चेम्बर अफ कमर्स र नगर चेम्बर अफ कमर्स लगायत सवै जिल्लाका संस्थालाई ब्याजदरवृद्धि बिरुद्धको आन्दोलन निर्वाचन सम्मका लागि स्थगित गर्न चेम्बरले आग्रह गरेको जानकारी दिएकाे छ । बैंक तथा वित्तय संस्थाको चर्को ब्याजदर एवं राष्ट्र बैंकको चालु पुँजि कर्जा सम्वन्धी मार्ग निर्देशनको विरोधमा चेम्बरले गर्दै आएको बिरोधका कार्यक्रमलाई निर्वाचन अवधिभर रोक्न चेम्बरले विज्ञप्ति मार्फत् आज आग्रह गरेको छ ।

चेम्बरले जारी गरेको बिज्ञप्तिमा भनिएको छ, ‘मुलुक प्रदेश र प्रतिनिधीसभाको निर्वाचनमा होमिएको छ । निर्वाचन लगत्तै आफ्नो शान्तिपुर्ण सर्घषका कार्यक्रमलाई पनि जारी राख्दै नयाँ सरकारसंग बार्ता मार्फत समस्याको समाधानका लागि चेम्बरले पहल गर्ने छ, । त्यतिन्जेल सम्मका लागि संघर्षका सवै कार्यक्रम स्थगिथ गर्न जिल्ला र नगर चेम्बर अफ कमर्सलाई आग्रह गरिन्छ, । ’

चेम्बरले यसअघि नियमनकारी निकाय राष्ट्रबैंकमा हाल कायम स्प्रेड दर, एवं बैंकहरुको आधार समय सान्दर्भिक व्यवस्थापन गर्न पनि आग्रह गरेको छ । चेम्बरले राष्ट्रबैंकलाई बिभिन्न ९ बुँदामा ध्यानाकर्षण गराएको छ । चेम्बरद्धारा जारी बिज्ञप्तिमा, ‘बढ्दो ब्याजदरले मुलुकको व्यवसायिक गतिविधी नै ठप्प हुने अवस्था सिर्जना भएको छ । निक्षेपमै उच्चदरको ब्याजदर कायम भयो भने उद्योग व्यवसायमा हुने लगानी निरुत्साही हुने र यसले वित्तिय असन्तुलनको जोखिम बढाउँछ, ।’ भनिएकाे छ ।

 

बारेमा news

यॊ पनि हेर्नुहॊस

सय रुपैयाँको नोटमा चुच्चे नक्सा राख्ने सरकारको निर्णय

काठमाडौं । सरकारले एक सय रुपैयाँ दरको नोटको डिजाइन परिवर्तन गर्ने निर्णय गरेको छ । …

प्रतिकृया दिनुहॊस