दराज ११ः११ मा अनरको आकर्षक अफर

काठमाडाैं । अनरको आधिकारिक बिक्रेता सेल्ट्रोन नेपालले दराज ११ः११ को अवसरमा विभिन्न आकर्षक अफर ल्याएको छ । कम्पनीले नोभेम्बर ११ देखि सुरु हुने दराज ११ः११ को लागि छुट तथा उपहारको अफर सार्वजनिक गरेको हो ।

११ः११ को मुख्य आकर्षण फ्रि गिफ्ट रहेको छ । अनर नेपालले फोन खरिदमा निःशुल्क उपहार दिनेछ । अनर एक्स७, अनर एक्स८ वा अनर ५० लाइटको कुनै पनि खरिदमा अनर इयरबड्स एक्स३ लाइट निःशुल्क पाइनेछ ।

साथै अनर एक्स९ को खरिदमा अनर ब्यान्ड ६ निःशुल्क पाउनेछन् । कम्पनीले एसेसरिजमा पनि छुट दिएको छ । ५ हजार ४९० मूल्यको अनर इयरबड्स एक्स३ लाइट ४ हजार ४९० मै पाउन सकिनेछ भने ६ हजार ४९० मूल्यको अनर ब्यान्ड ५ हजार ४९० रुपैयाँमा पाउन सकिनेछ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

नेप्से परिसूचकमा उच्च अंकको वृद्धि

काठमाडौँ । यो साता कारोबारको लगातार दोस्रो दिन आज पनि नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा …

प्रतिकृया दिनुहॊस