एमालेले गणतन्त्र सिध्याउन मात्र बाँकी छ : अध्यक्ष केसी

बागलुङ ।

राष्ट्रिय जनमोर्चा नेपालका अध्यक्ष चित्रबहादुर केसीले एमालेले गर्न बाँकी काम गणतन्त्र सिध्याउने मात्र रहेको बताएका छन् । बागलुङमा पाँचदलीय गठबन्धनको घोषणापत्र सार्वजनिक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष केसीले एमालेले राजतन्त्र फर्काउन लागेको आरोप लगाए ।

उनले एमालेले राजावादीसँग साँठगाँठ गरेर राजा ल्याउन खोजेकोसमेत बताए । एमालेको सरकार आए देश संकटमा पर्ने उनको भनाइ थियो । प्रतिगमनलाई ढलाई लोकतन्त्रको रक्षाका लागि गठबन्धन गरेको भन्दै गठबन्धनको शुत्रधार आफू भएको केसीको दाबी छ ।

गठबन्धनका दलहरुबीच पनि धेरै मतमतान्तर भए पनि देश बचाउन आफू एक ठाउँ उभिनु परेको उनले बताए । अघिल्लो निर्वाचनमा केपी ओलीलाई साथ दिए पनि उनले देशलाई बर्बादी तर्फ लैजान थालेको हुँदा विचार नमिल्नेसँग अहिले गठबन्धन नगरेको बताए ।

 

 

बारेमा प्रदिप नेपाल

यॊ पनि हेर्नुहॊस

नेपाल एयरलाइन्सको अन्तर्राष्ट्रिय टिकटमा ५ हजारसम्म छुट

काठमाडौं । नेपाल एयरलाइन्सले अन्तर्राष्ट्रिय टिकटमा ५ हजारसम्म छुट दिने भएको छ । एयरलाइन्सले दोहा, …

प्रतिकृया दिनुहॊस