ग्लोबल आइएमई बैंकका ग्राहकलाई ‘दराज ११:११’ मा २० प्रतिशत छुट

काठमाडाैं । ग्लोबल आइएमई बैंकका ग्राहकहरूले अनलाइन सपिङ प्लेटफर्म दराजले सार्वजनिक गरेको ‘दराज ११:११ अफर’ मा २० प्रतिशतसम्म छुट पाउने भएका छन्।

यस योजनाअन्तर्गत ग्राहकहरूले बैंकको भिषा डेबिट वा क्रेडिट कार्ड प्रयोग गरी दराज अनलाइनमार्फत सामान खरिद गर्दा १५ देखि २० प्रतिशतसम्म छुट पाउनेछन्।

बैंकको डेबिट कार्ड प्रयोगकर्ताहरूले १५ प्रतिशत वा २ हजार पाँच सय रुपैयाँसम्म र क्रेडिट कार्ड प्रयोगकर्ताहरुले २० प्रतिशत वा तीन हजार रुपैयाँसम्म छुट पाउनेछन्। छुट पाउनका लागि बैंकको कार्ड बाहक ग्राहकहरूले दराज एपपबाट ग्लोबल आइएमई बैंकको छुट भौचर लिनु पर्ने बताइएको छ।

यो योजना नोभेम्बर ११ (कात्तिक २५ गते) देखि सीमित अवधिको लागि रहनेछ। बैंकका अनुसार ग्राहकको सुविधालाई मध्यनजर गरी बैंकले विभिन्न किसिमका समय सान्दर्भिक योजनाहरू ल्याएर ग्राहकहरूलाई लावान्भित गर्दै आएको छ।

बैंक मुलुकका ७७ वटै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो। बैंकले २९२ शाखा, २७० एटिएम, २७५ शाखा रहित बैंकिङ सेवा, ५१ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर तथा तीन वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी ८९० भन्दा बढी सेवा केन्द्रबाट ३० लाखभन्दा बढी ग्राहकहरूलाई सेवा प्रदान गर्दै आएको छ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

माछापुच्छ्रे बैंक कर्पोरेट सुपर सिक्सेस सिजन-७ च्याम्पियन

काठमाडौँ । माछापुच्छ्रे बैंकले नेकोस कर्पोरेट सुपर सिक्सेस सिजन–७ को उपाधि जित्न सफल भएको छ …

प्रतिकृया दिनुहॊस