लक्ष्मी बैंक खुला गल्फ प्रतियोगिता हुँदै

काठमाडाैँ । लक्ष्मी बैंकले शनिबार, नोभेम्बर ५, २०२२ मा गोकर्ण गल्फ क्लबमा ‘लक्ष्मी बैंक ओपन गल्फ प्रतियोगिता-२०२२’ आयोजना गर्ने भएको छ । यो प्रतियोगिता सन् २०१४ मा सुरू भएको वार्षिक प्रतियोगिताको ७ औं संस्करण हो ।

यसमा ६० वर्ष र माथिका र १७ वर्षभन्दा कम उमेरकासहित सयभन्दा बढी गल्फरहरू विभिन्न विधामा ट्रफीका लागि भिड्ने बैंकले जनाएको छ । सन् २००२ मा नेपालको १६ औं वाणिज्य बैंकका रूपमा स्थापित लक्ष्मी बैंकले देशभर १४३ शाखा, १३ एक्सटेन्सन काउन्टर, ५ हस्पिटल सेवा काउन्टर, ५० जिल्लामा १७६ एटिएम र ६३ शाखारहित बैंकिङ एजेन्टमार्फत् सेवा दिइरहेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

नेपाल इन्भेष्टमेण्ट मेगा बैंकका ग्राहकलाई ‘हार्ड रक क्याफे’मा छुट

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंकका ग्राहकले ‘हार्ड रक क्याफे’मा छुट पाउने भएका छन् । …

प्रतिकृया दिनुहॊस