बहुजन शक्ति पार्टीले डा. शेखर कोइरालालाई सघाउने

काठमाडौँ । आसन्न आम निर्वाचनमा मोरङ क्षेत्र नम्बर ६ मा बहुजन शक्ति पार्टीले नेपाली कांग्रेसका उम्मेदवार डा. शेखर कोइरालालाई सघाउने भएको छ । बहुजन शक्ति पार्टी मोरङका अध्यक्ष नारायण पासवान प्रतिनिधि सभाको उम्मेदवारी फिर्ता लिँदै डा. कोइरालालाई सघाउने घोषणा गरेका हुन् ।

अध्यक्ष पासवानले विज्ञप्ति जारी गर्दै लोकतान्त्रिक आन्दोलनको इतिहास बोकेको पार्टीलाई समर्थन गर्न पाउँदा गौरवान्वित भएको बताएका छन् । ‘नेपालको लोकतान्त्रिक आन्दोलनको इतिहास बोकेको पार्टी नेपाली कांग्रेसलाई मोरङ बहुजन शक्ति पार्टीले समर्थन गर्न पाउँदा हामी गौरवान्वित भएका छौ,’ विज्ञप्तिमा अगाडि भनिएको छ, ‘नेपाल बहुजन शक्ति पार्टीका हामी सबै प्रतिनिधिहरू आजैबाट डा. शेखर कोइरालाको चुनावी अभियानमा जुटेर उहाँलाई अत्यधिक मतबाट विजय गराउन सक्रिय भएर लाग्नका लागी पनि आह्वान गर्दछु ।’

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

चौथो पटक विश्वासको मत लिँदै प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत लिँदैछन् । आज बस्ने संघीय संसद् प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिने भएका हुन् ।

प्रतिकृया दिनुहॊस

This will auto close after