मेसिनमा च्यापिएर रोमानियामा म्याग्दीका एक युवाको मृत्यु

पैसा कमाएर घर परिवारलाई सुखसँग पाल्ने सपना बोकेर तीन महिनाअघि बैदेशिक रोजगारीका लागि रोमानिया गएका म्याग्दीका एक युवाको काम गर्ने क्रममा मेसिनमा च्यापिएर मृत्यु भएपछि घर परिवारको विचल्ली भएको छ । यतिबेला पुरै गाउँ शोकमा डुबेको छ।

गत साउनमा रोमानिया गएका म्याग्दीको रघुगंगा गाउँपालिका–६ रायखोरका ३३ वर्षिय देबेन्द्र पुनको बुधवार (नोभेम्वर २) टिमिसोरा शहरको भिजेजदिया नजिक बानट मेलन एग्रीकल्चर कम्पनीमा काम गर्ने क्रममा मेसिनमा च्यापियर मृत्यु भएको म्याग्दी प्रवासी नेपाली संघ अन्तर्राष्ट्रिय कार्यसमिति (मोना आइईसी) का महासचिव हरि राम्जालीले जानकारी दिनुभयो।

बैदेशिक रोजगारका लागि ३ महिनाअघि मात्रै रोमानिया पुग्नुभएका पुनको दिउँसो करिव ३ बजेको समयमा आलु फार्ममा काम गर्दा आलु टिप्ने मेसिनको वेल्टमा च्यापिएर पुनको ज्यान गएको जनाइएको छ ।

पुनको निधनको खबरले रायखोर गाउँ शोकमा डुवेको छ। पुनको परिवारमा बाबा, आमा, दाइहरु, श्रीमती र एउटा ६ महिनाको सहित दुई छोराहरु रहेका छन् । स्व. पुनको शव नेपाल ल्याउनका लागि पहल भइरहेको रघुगंगा गाउँपालिका–६ का वडा अध्यक्ष मनकुमार शेरपुञ्जाले बताउनुभयो ।

३३ बर्षको उमेरमा भएको पुनको निधनप्रति म्याग्दी प्रवासी नेपाली संघ अन्तर्राष्ट्रिय कार्यसमितिले दुःख व्यक्त गरेको छ ।

विहीवार मोना आईईसीका महासचिव हरि राम्जाली र अध्यक्ष अमर छन्त्यालले शोक वक्तव्य जारी गर्दै मृतकको पुनको घटनाको यथार्थ विवरण लिन, वीमा तथा आवश्यक क्षतिपूर्तिको लागि कम्पनीमा माग गर्न र मृतक पुनको शवलाई यथाशक्य नेपालमा ल्याउनका लागि पहल गर्न मोना रोमानियालाई अनुरोधसमेत गरिएको छ। साथै मोना अन्तर्राष्ट्रिय कार्यसमितिले पनि आवश्यक सहयोग तथा समन्वय गर्ने जनाइएको छ।

 

बारेमा प्रदिप नेपाल

यॊ पनि हेर्नुहॊस

भीरबाट कार खस्दा अचेत अवस्थामा भेटिएका तीन जनाको परिचय खुल्यो

काठमाडौं । मकवानपुरमा कार दुर्घटना हुँदा तीन जना गम्भीर घाइते भएका छन् । शनिबार बिहान …

प्रतिकृया दिनुहॊस

This will auto close after