डा. तोसिमा र ‘नो नट अगेन’का मुद्दा न्यायाधीश चुडालको एकल इजलासमा

काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टीकी डा. तोसिमा कार्की र नो नट अगेनमाथि प्रतिबन्धका सम्बन्धमा परको रिटमाथि आज सर्वोच्च अदालतमा सुनुवाइ हुने भएको छ ।

निर्वाचन आयोगले उम्मेदवारी खारेज गरेपछि सर्वोच्च पुगेकी डा. तोसिमा कार्कीको रिटमाथि सुनुवाइ हुने भएको हाे । उनले ललितपुर ३ बाट प्रतिनिधिसभाका लागि उम्मेदवारी दिएकी थिइन् ।

मेडिकल काउन्सिलको सदस्य भई बैठक भत्ता बुझेकै आधारमा त्यसलाई लाभको पद मान्दै उम्मेदवार हुन अयोग्य हुने निर्वाचन आयोगले निर्णय गरेपछि ललितपुर क्षेत्र नम्बर ३ की उम्मेदवार डा. कार्की सोमबार रिट लिएर सर्वोच्च अदालत पुगेकी थिइन् ।

त्यस्तै, निर्वाचन आयोगले जारी गरेको नो नट अगेनको मुद्दाविरुद्ध पनि आज निर्वाचन आयोगमा सुनुवाइ हुने तय भएकाे छ । यो फेसबुक तथा सामाजिक सञ्जालमा चलेको अभियान हो । यी दुवै मुद्दा न्यायाधीश कुमार चुडालको एकल इजलासमा परेका छन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सन्दीपलाई उच्च अदालत पाटनको सफाई, जिल्ला अदालतको फैसला उल्टियो

काठमाडौं । सन्दीप लामिछानेलाई उच्च अदालत पाटनले बलात्कार मुद्दामा सफाइ दिएको छ । जिल्ला अदालत …

प्रतिकृया दिनुहॊस

This will auto close after