भाइटीकामा कस्तो छ मौसम ?

काठमाडौँ । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । उक्त मौसमी प्रणालीको प्रभावले प्रदेश नं १, बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार अहिले देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । दिउँसो प्रदेश नं १, बागमती र गण्डकी प्रदेशका भू–भागमा आंशिक बदली रही एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख छ । रातिको समयमा पनि सोही मौसमी प्रणाली कायम रहनेछ । आज काठमाडौँ उपत्यकाका आकाश बिहानैदेखि सामान्य बदली रहेको छ ।

शुक्रबार पनि प्रदेश नं १, बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना छ । आज काठमाडौँको अधिकतम तापक्रम ११ र न्यूनतम तापक्रम २५ डिग्री सेल्सियस छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

५५ करोडको अनलाइन जुवा खेलाएको आरोपमा युवक पक्राउ

काठमाडौँ । सट्टेबाजी गराएको आरोपमा एक जना युवक पक्राउ परेका छन् । अनलाइनमार्फत विभिन्न खेलका …

प्रतिकृया दिनुहॊस