निफ्राको नाफा ५६ प्रतिशतले बढ्याे

नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) ले चालू आर्थिक वर्षको पहिलो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ। यस अवधिसम्म आइपुग्दा कम्पनीले ३७ करोड ८६ लाख ७९ हजार रुपैयाँ खुद नाफा कमाएको छ।

यो गत वर्षको यसै अवधिको भन्दा ५६.४६ प्रतिशतले बढी हो। गत वर्षको यही अवधिमा कम्पनीले २४ करोड २० लाख २७ हजार रुपैयाँ नाफा आर्जन गरेको थियो। यस अवधिमा सञ्चालन नाफा ५६.४७ प्रतिशत ले बढेर ५४ करोड नौ लाख रुपैयाँ पुगेको छ। गत वर्ष यसै अवधिमा उसले ३४ करोड ५७ लाख रुपैयाँ नाफा कमाएको थियो।

खुद ब्याज आम्दानी पनि ५८.६१ प्रतिशतले बढेर ६५ करोड ५७ लाख रुपैयाँ पुगेको छ। खुद ब्याज आम्दानी र सञ्चालन नाफामा सुधार भएकाले यसको खुद नाफा पनि बढेको हो। साथै, कम्पनीको इम्पेरिमेन्ट चार्ज भने घटेको छ। बैंकको वितरणयोग्य नाफा १९ करोड ६ लाख रुपैयाँबाट बढेर २९ करोड ८५ लाख रुपैयाँ पुगेको छ। कम्पनीको जगेडा कोषमा दुई अर्ब ११ करोड रुपैयाँ जम्मा भएको छ। गत वर्षको यही अवधिमा कम्पनीको जगेडामा दुई अर्ब ६४ करोड ३७ लाख रुपैयाँ जम्मा थियो।

असोज मसान्तसम्म आइपुग्दा प्रतिसेयर आम्दानी २ रुपैयाँ १७ पैसाले बढेर ७ रुपैयाँ १ पैसा कायम भएको छ। गत वर्षको पहिलो त्रैमासमा यसको प्रतिसेयर आम्दानी ४ रुपैयाँ ४४ पैसा रहेको थियो। कम्पनीको प्रतिसेयर नेटवर्थ १०९ रुपैयाँ ७८ पैसा छ।

बारेमा प्रदिप नेपाल

यॊ पनि हेर्नुहॊस

सानिमा बैंक अत्तरीयाको सहयोगमा आखाँ शिविर सम्पन्न

कैलाली -सानिमा बैंकको अत्तरिया शाखाको सहयोगमा आखाँ शिविर सम्पन्न भएको छ । गेटा आखाँ अस्पतालको …

प्रतिकृया दिनुहॊस