निर्वाचनमा सत्तारुढ गठबन्धनको विजय हुन्छ : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा सत्तारुढ गठबन्धन विजयी हुने दाबी गरेका छन् । काठमाडौं क्षेत्र नम्बर ४ का प्रतिनिधिसभा सदस्यको उम्मेदवार रहनुभएका महामन्त्री थापाले सत्तारुढ गठबन्धनले प्रतिनिधिसभा र प्रदेशसभा दुवैमा विजयी भएर पुनः सरकार बनाउने दाबी गरेका हुन् ।

काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले विगतको पाँच वर्ष खेर गएको उल्लेख गर्दै आफूहरुले जितेमा त्यो समयलाई खेर जान नदिने प्रतिबद्धता व्यक्त गरे । महामन्त्री थापाले निराश र आक्रोशित जनताको मत लिएर सरकार बनेपछि सत्तारुढ गठबन्धनले त्यसलाई खेर जान नदिने गरी काम गर्ने प्रतिबद्धता जनाए ।

जनमतको कदर हुनेगरी काम गर्न सकिएन भने जनताले विरोध गर्ने उनको भनाइ छ । गएको पाँच वर्ष खेर गयो । ‘अबको पाँच वर्ष खेर जान दिनुहुन्न । त्यो जान नदिने जिम्मेवारी हाम्रो हो,’ नेता थापाले भने ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सहकारीको डेढ अर्बभन्दा बढी रकम ठगी फरार मेयर नेपाली भारतबाट पक्राउ

काठमाडौं – सहकारीका बचतबकर्ताको करोडौं रकम अपचलन गरी फरार बागलुङको ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपाली …

प्रतिकृया दिनुहॊस