सेनाको हवाई आक्रमणमा कम्तीमा ५० जनाको मृत्यु

काठमाडौं । म्यानमारको काचिन राज्यमा सेनाको हवाई हमलामा कम्तीमा ५० जनाको मृत्यु भएको छ । काचिन इन्डिपेन्डेन्स आर्मी (केआईए) को राजनीतिक समूहको ६२ औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा सेनाले हवाई आक्रमण गरेको केआईएका प्रवक्ता नाउ बुले रायटर्ससँग कुराकानी गर्दै जानकारी दिएका छन् ।

स्थानीय सञ्चारमाध्यम द इरावडीले सो आक्रमणमा कम्तीमा ५० जना मारिएको समाचार प्रकाशित गरेको छ । यसको आधिकारिक रूपमा पुष्टि हुन भने बाँकी रहेको छ । अमेरिकामा रहेको यसको शुभेच्छुक संस्था काचिन एलाएन्सले सो घटनामा मारिनेमा काचिन कलाकार, स्थानीय र केआईओका नेताहरू रहेका छन् ।

सैन्य जुन्ताले कू गर्दै सत्ता आफ्नो हातमा लिएसँगै म्यानमारमा द्वन्द्व जारी रहेको छ । मानव अधिकारवादी संस्थाहरूले त्यसयता त्यहाँ स्वतन्त्रता र अधिकारको अवस्था निकै कमजोर बनेको बताउँदै आएका छन् । सेनाले विद्यालय समेतमा हिंस्रक आक्रमण गर्ने गरेको ती संस्थाहरूले जानकारी दिएका छन् । देशभर नै जुन्ताको शासनविरुद्ध विद्रोही समूहहरु खडा भएका छन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

खल्तीबाट ‘मह जात्रा’को टिकट काट्न सकिने

काठमाडौँ । ‘खल्ती’ले मह जोडीको प्रत्यक्ष प्रस्तुति रहने ‘मह जात्रा’ प्रहसनको टिकटिङ पार्टनरको जिम्मेवारी पाएको …

प्रतिकृया दिनुहॊस