नाडा अटो सो २०१८ – स्याङयोङ अन्बिटेबल अफर

काठमाडौँ । काठमाण्डौ भाद्र २५, यहि भाद्र २६ गते देखी ३१ गते सम्म भृकुटीमण्डपको प्रदर्शनी कक्षमा हुन गइरहेको नाडा अटो सो २०१८ मा भारि छुटका साथ स्याङयोङ अन्बिटेबल अफर सहित स्याङयोङका गाडीहरु स्टल नम्बर  A6 मा उपलब्ध हुदैछ ।

स्याङयोङ गाडीको नेपालकालागि एक मात्र आधिकारिक वितरक तथा आइ एम एस ग्रुप अन्तर्गतका व्यवसायमा अग्रणी स्थानमा रहेको आइ एम एस मोटर्सले रेक्सटन, कोराण्डो, टिभोली, एक्स एल भी र एकट्योन स्पोर्ट गरि जम्मा पाच प्रकारका कोरियन लक्जरी एस यु भी मोडलका गाडीहरु प्रदर्शन गर्दैछ ।

स्याङयोङ अन्बिटेबल अफर अन्तर्गत स्याङयोङका मुल्यवान ग्राहकहरुलाई नाडा अटो सोका लागि मात्र भनि पूर्व बजेट मूल्य तोकिएको छ, पुर्ब बजेट मुल्यमा रु ५००,०००र( सम्म को छुट, प्रत्येक स्याङयोङ गाडीको खरिदमा स्याम्संग ग्याल्याक्सी नोट ९ क्राउन, एक्सचेन्जको सुबिधा लगायत निम्न लिखित सुबिधा प्रदान गर्दैछ
३ वर्षको वारेन्टी  ६०,००० कि मी सम्म 
    सुलभ इ एम आइ
    १ बर्षको निशुल्क रोड ट्याक्स
   १ बर्षको निशुल्क बिमा
    ५ बर्ष निशुल्क सर्भिसिंग
    निशुल्क एक्स्यासरिज रु २५००० सम्म 
   स्याङयोङको बारेमा
स्याङयोङ, दक्षिण कोरियाको सबैभन्दा अभिनव र उन्नत एसयूवी ब्रान्ड ओटोमोबाइल निर्माता हो । आफ्नो स्थापना बर्ष १९५४ देखि नै कम्पनी उत्कृष्ट प्रदर्शनका लागि सम्मानित हुदै आएको छ ्र सम्भवतः यसको एक मात्र कारण कम्पनीको गुणस्तरिय ईन्जिनियरिङ् हो ।

कम्पनिसंग लक्जरी कारहरू, एसयूवीहरू, पिकअप ट्रक र MPV  हरू छन्। कम्पनिले संसारभरी करिब १६५८ बिक्रेता मार्फत १२८ भन्दा बढी देशहरुमा निर्यात संजाल मजबुत बनाएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री