आज दर खाने दिन, बासी खाना नखाअाैं


काठमाडौं । विभिन्न मिष्ठान्न परिकारका साथमा आज नेपाली हिन्दू महिलाहरुले दर खाने गर्छन् । हरितालिका तीजका दिन निराहार व्रत बस्ने भएका कारण अघिल्लो दिन मिष्ठान्न परिकारका साथ दर खाने परम्परा छ ।आजको दिन तीज मनाउन माइत पुगेका चेलीबेटीलाई माइतीहरुले दूध–घ्यूलगायतबाट बनेका परिकार दरका रुपमा खुवाउने प्रचलन छ ।

दर खाँदा स्वास्थ्यमा प्रतिकुल प्रभाव पार्ने खानेकुरा खानुहुँदैन । कलरफूल मिठाई तथा विषादी हालेका तरकारी र फलफूल प्रयाेग गर्नुहुँदैन ।

सकेसम्म घरमै बनाइएका ताजा परिकार खाएर तीज मनाउँदा स्वास्थ्यका हिसावले धेरै नै लाभदायक हुन्छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री