dengu/डेंगुबाट यसरी बच्नुहोस्
फाइल फाेटाे

डेङ्गी लागिहाल्यो भने के गर्नुपर्छ ?

काठमाडौँ । डेङ्गी संक्रमण उच्च बिन्दुमा पुगेको छ । असारको पहिलो सातादेखि सुरु भएको डेङ्गीबाट हालसम्म २२ हजार नौ सय ५२ जना संक्रमित भएका छन् । यीमध्ये २९ को मृत्यु भएको छ ।

भयावह रूप लिइरहेको डेङ्गी नियन्त्रणमा आउन अझै दुई महिना लाग्ने प्रक्षेपण छ । कात्तिक अन्तिम सातादेखि डेङ्गी नियन्त्रणमा आउने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अध्ययनले देखाएको हो ।

मन्त्रालयका प्रवक्ता डा. सञ्जयकुमार ठाकुरका अनुसार सरुवारोग विशेषज्ञसहितको टोलीले डेङ्गीको फैलावट र अवस्थाबारे अध्ययन गरेको थियो । अध्ययनले हाल यो उच्च बिन्दुमा पुगेको देखाएको छ । हाल डेङ्गी सबैभन्दा बढी उपत्यकामा देखिएको छ । यहाँ अझै संक्रमण बढ्न सक्ने अनुमान गरिएको छ । प्रवक्ता डा. ठाकुरका अनुसार विगतका वर्षमा पनि डेङ्गी कात्तिकदेखि नियन्त्रणमा आएको थियो ।

डेङ्गी लागिहाल्यो भने के गर्नुपर्छ ?
डेङ्गी सङ्क्रमण भइहाल्यो भने के कुरामा ध्यान दिने ? शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका क्लिनिकल रिसर्च युनिट प्रमुख डा. शेरबहादुर पुन यस्तो भन्छन्- ‘लक्षण मिल्ने बित्तिकै डेङ्गी लागेको होला भनेर सम्झनुपर्‍यो । ज्वरो बढ्यो भने सिटामोल दिने त हो भनेर घरमै बस्न भएन ।’

उनी अगाडि भन्छन्- ‘हाम्रो शरीरमा रगतको जुन उतारचढाव हुन्छ त्यो थाहा हुँदैन र धेरै मान्छेलाई अचानक गाह्रो बनाउन सक्छ । तपाईँको छरछिमेक काम गर्ने ठाउँ वा विद्यालयमा कसैलाई डेङ्गी छ र तपाईँलाई पनि लक्षण छ भने एक पटक रगतको अवस्था चेक गराउनूस् । र चिकित्सकले परामर्श दिँदै जान्छन् ।’

एक पटक डेङ्गी लागेको व्यक्तिलाई फेरि फेरि डेङ्गी लाग्न सक्ने उनकाे भनाई छ । तर जुन सालमा उसलाई डेङ्गी लागेको हो त्यही सालमा चाहिँ लाग्दैन किनभने उसको शरीरमा एन्टिबडी बनिसकेको हुन्छ ।

परार पनि डेङ्गी फैलिएको थियो उपत्यकामा त्यस बेला ज्वरो आएर डेङ्गी पोजिटिभ भएर उपचार गरेका कतिपय धेरै बिरामीहरू फेरि पनि डेङ्गी भयो भन्दै आइराखेकाे डा. शेरबहादुर पुनकाे अनुभव छ । ‘एक पटक भएको सङ्क्रमणले छोटो समय सुरक्षा दिने भए पनि डेङ्गीकै अर्को प्रकारको भाइरसबाट कति मात्रामा सुरक्षा दिन्छ भन्नेबारे पर्याप्त अनुसन्धान भइसकेको छैन,’ पुन भन्छन् ।

डा पुनकाअनुसार डेङ्गी सरुवा रोग अन्तर्गत परे पनि यो मानिसबाट मानिसमा सिधा सर्दैन । ‘यसलाई लामखुट्टेले सार्ने गर्छ । उनले अगाडि भने, ‘एडीज् जातको लामखुट्टेले एउटा बिरामीलाई टोकेको छ र त्यसले ८ देखि १२ दिनमा आफूबाट अरूमा सार्न सक्ने क्षमता विकास गर्छ र त्यसपछि जति जनालाई टोक्छ त्यति जनालाई डेङ्गी सार्दै जान सक्ने सम्भावना रहन्छ ।’

डेङ्गी हुँदा के खानु हुँदैन ? डा पुनको जवाफ यस्तो छ, ‘यसको औषधि यही भन्ने छैन तसर्थ सिटामोल भन्दा केही नखानूस् । के केको पात पनि खान हुन्छ की हुँदैन भनेर मलाई सोधिरहेका छन् । यसको म विषय विज्ञ त होइन यस्तो कुरामा नेपाल सरकारले नै प्रस्ट पारिदिनुपर्छ । नामै लिएर भन्नुपर्दा पसलमा पाउने नामहरू फ्लेक्सन, निम्स, ब्रुफिन जस्ता औषधी नखानूस् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

रोवोटिक सर्जरीले पाउँदै नयाँ अनुहार

काठमाडौं । भारतको बिहारका डा.आशिष सिंहको चर्चा विश्वभर फैलिँदै गएको छ । उनीसँग उपचारका लागि …

प्रतिकृया दिनुहॊस