हिमालयन बैंकको न्यूरोड शाखामा क्यास डिपोजिट मेसिन

काठमाडाैं । हिमालयन बैंक लिमिटेडले न्यूरोड शाखामा क्यास डिपोजिट मेसिन (सीडीएम) संचालनमा ल्याएको छ। सीडीएमबाट सेवाग्राहीले कुनै पनि समयमा कुनै झंझट बिना नै खातामा रकम जम्मा तथा झिक्न सक्ने बैंकले जनाएको छ।

सो मेसिनबाट रकम जम्मा गर्दा बिना एटीएम कार्ड नै सिधा खाता नम्बर प्रविष्ट गरी जम्मा गर्न सकिन्छ। मेसिनबाट जम्मा गरिएको सो रकम तत्कालै खातामा जम्मा हुनेछ जसले गर्दा खातावालाले तुरुन्तै कारोबार गर्न सक्नेछन्।

हिमालयन बैंकको यस सुबिधाले बैंकका ग्राहकहरुलाई बैंकिङ कारोबारको समय अघि–पछि पनि थप सुबिधा मिल्ने बैंकको विश्वास छ। हाल बैंकले नेपाल भरि फैलिएको कूल ७४ शाखा, ५ विस्तारित काउन्टर, १५४ एटीएम र ६,००० भन्दा बढी पीओएस टर्मिनल बाट सेवा प्रदान गर्दै आएको छ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सिटिजन्स बैंक र लेमन ट्री प्रिमियर बीच समझदारी

काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र बुढानीलकण्ठ, काठमाडौं स्थित लेमन ट्री प्रिमियर बीच सिटिजन्स …

प्रतिकृया दिनुहॊस