आईएमई पे र गोल्डस्टार जुत्ताबीच सम्झौता, हरेक दिन १ जोडी गोल्डस्टार जुत्ता र छुट

काठमाडाैँ । आईएमई पे र किरण शुजद्वारा निर्मित गोल्डस्टार शुजबीच साझेदारी सम्झौता भएको छ । सम्झौता अनुसार आईएमई पे डिजिटल दशैँ तिहार २०७९ क्याम्पेनमा गोल्डस्टार जुत्ता साझेदारको रुपमा जोडिएको छ।

गोल्डस्टार जुत्ताले आईएमई पेलाई यस ४६ दिने क्याम्पेन अवधि भरी हरेक दिन १ जोडी गोल्डस्टार जुत्ता प्रदान गर्ने छ। साथै, प्रयोगकर्ताहरुले आईएमई पे एप मार्फत गोल्डस्टार जुत्ताको आधिकारिक वेबसाइटमा जुत्ता खरिद गर्दा फ्लाट २० प्रतिशत क्यासब्याक पनि प्राप्त गर्ने गरी व्यवस्था मिलाइएको छ।

आईएमई पेको दशैँ क्याम्पेनमा हरेक दिन १ भाग्यशाली विजेताले रिडिमेबल भाउचर कोड पाउनेछन्। सो कोड प्रयोग गरी विजेताहरुले गोल्डस्टार जुत्ताको आधिकारिक वेबसाइटमा निःशुल्क जुत्ता प्राप्त गर्न सक्नेछन्। यद्यपि, विजेताहरुले डेलिभरि चार्ज भने स्वयम् नै तिर्नु पर्ने शर्त राखिएको छ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री