काठमाडाैँ । स्मार्ट फोन ब्रान्ड साओमीले चाडपर्वको अवसर पारेर आफ्नो मोबाइल सेटहरुमा सीमित अवधिको लागि मूल्य घटाएको छ । दशैँ, तिहार तथा छठको शुभ अवसर पारेर आफ्नो उपभोक्ताहरुको लागि यस योजना ल्याइएको कम्पनीले जनाएको छ ।
यसबारेमा बोल्दै साओमी नेपालका कन्ट्रिजेनेरल म्यानेजर अमित कुमार पण्डाले भने, ‘नेपालीहरुको महान चाड दसैंँको शुभ उपलक्ष्यमा हाम्रा उपभोक्ताहरुको लागि साबिक भन्दा कम मुल्यमा मोबाइल फोन उपलब्ध गराउन गइरहेका छौँ । यसले यहाँहरुको चाडपर्वको माहोललाई अझै रोमान्चक बनाउने छ भन्ने हामीले आशा लिएका छौँ ।’
यो अफर अन्तर्गत उपभोक्ताहरुले रेडमी नोट११ सिरिजमा १००० रुपैयाँ र रेडमी नोट१२ सिरिजमा ३००० सम्म को कम मूल्यमा मोबाइल सेट खरिद गर्न सक्नेछन् । यो अफर सीमित अवधिको लागि असोज २ गतेदेखि १७ गतेसम्म लागू हुनेछ ।
कुन मोडलमा कति छुट ?
प्रतिकृया दिनुहॊस